समाजसेवी कुलमान योन्जनको नेतृत्वमा ८० भन्दा बढी कांग्रेसमा प्रबेश

  • प्रकाशित मिति : February 20, 2022
  • sthaniyasarkar.com

रामेछाप : रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर -१० चनखुमा स्वतन्त्र समाजसेवी युवाहरु  र विभिन्न पार्टी परित्याग गरि काङ्ग्रेसमा ८६ जना व्यक्तिहरु प्रवेश गरेका छन् । ७२ औ प्रजातन्त्र दिवसको अवसरमा मन्थली नगरपालिका–१० चनखुको काङ्ग्रेस इकाई कमिटीद्वारा आयोजित कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि ८६ जना नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् ।

प्रवेश गर्नेहरुमा चनखुको स्वतन्त्र युवादेखी लिएर नेकपा एमाले,माओवादी केन्द्र र राप्रपा परित्याग गर्नेहरु थिए ।

आज प्रवेश गर्नेहरु सबै चर्चित ह्याङ्ला टिमका कुलमान योन्जन तामाङको नेतृत्वमा प्रवेश गरेको थियो । प्रवेश गर्नेहररुमा ह्याङ्ला टिमका कुलमान योन्जन तामाङ संगै मोतिराज तामाङ , राज योन्जन,रमेश योन्जन,तेम्बा तामाङ , पेमा घिसिङ , अनिल तामाङ , कमल तामाङ , जय तामाङ लगायतका धेरै सक्रिय युवाहरु थिए । त्यस्तै राप्रपाका वडासदस्य उम्मेदवार भुन्टी तामाङ , एमाले परित्याग गरेर सुसान थीङ, माओवादी परित्याग गरि  रामशरण बुढाथोकी लगायत ८० भन्दा बढी युवाहरु प्रवेश गरेको थियो ।

पार्टी प्रबेश कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति तथा नेपाली काँग्रेसका सभापती पुर्ण बहादुर तामाङ (कान्छाराम) ले रामेछाप जिल्लाको सबै वडामा काँग्रेसले जित्ने बिश्वास दिलाउनुभएको छ ।

नेपाली काँग्रेस मन्थली नगरपालिका–१० का सभापती नबिन्द्र कार्कि सन्तोषको अध्यक्षतामा भएको कार्यक्रममा निबर्तमान सभापती, लबश्री न्यौपाने, पुर्ब सभापती रामचन्द्र खड्का, सचिब बिनोद कार्की र दिपक खड्का लगाएत नेताहरुले प्रजातन्त्र दिवसको अवसरमा सुभकामना मन्तब्य राखेका थिए । नेपाली काँग्रेसमा नव प्रेबेशीलाई स्वागत अब स्थानिय निर्वाचन नजिकै आइ सकेकोले चुनाबको तयारीमा लाग्न आग्रह गरेका छन् ।