फेरि फाल्गुन २८ मै अड्कियो एमाले

  • प्रकाशित मिति : June 30, 2021
  • sthaniyasarkar.com

काठमाडौ : केही दिन अघि २०७५ साल जेठ २ अघिको संरचनामा फर्कन तयार रहेको बताएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अन्ततः २०७७ फागुनभन्दा पछाडि फर्कन सकेनन् । नेपाल पक्षले २०७७ फागुन २८ का निर्णयहरू खारेज हुनुपर्ने माग गर्दै आएको छ ।

बालुवाटारमा ओलीको अध्यक्षतामा बसेको एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्व माओवादीका २० जनालाई केन्द्रीय कमिटीमा राख्ने निर्णय गरेको छ ।

बुधबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले एमालेलाई २०७७ फागुन २८ सम्म फर्काएको छ । जबकि, माधव नेपाल पक्षले २०७५ जेठ २ मा फर्कनुपर्ने शर्त राख्दै आएको छ ।

त्यस्तै एमालेको ०७७ फागुन २८ मा बसेको ओली समूहको बैठकले बनाएको संरचनामा बादल लगायतका चार पूर्व माओवादी नेताहरूलाई स्थायी कमिटी सदस्य बनाउने आयोजक समितिले निर्णय गरेको छ ।