गण्डकी प्रदेशमा विपक्षी नेकपा एमाले ले कुर्सी तोडफोड गरि बिरोध

  • प्रकाशित मिति : July 14, 2021
  • sthaniyasarkar.com

काठमाडौ : गण्डकी प्रदेशमा विपक्षी नेकपा एमालेको विरोधका बीच  बजेट पारित गरिएको छ । त्यसक्रममा एमाले सांसदहरुले टेबल उठाएर तोडफोड गरेका छन् ।

एमालेले बुधबार बिहान अर्थ मन्त्रालयको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बजेटमा पुनर्विचार गर्नुपर्ने भन्दै १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो । यसबारे मुख्यमन्त्रीले जवाफ नदिए सदन चल्न नदिने एमालेको अडान थियो ।

बिहान ११ बजे बैठक शुरु भएपनि मुख्यमन्त्रीको जवाफ माग्दै एमालेले अवरोध गरेको थियो । साँझ ४ बजे पुनः बसेको बैठकमा फेरि एमालेले संसद अवरुद्ध पर्‍यो, सभामुख नेत्रनाथ अधिकारीले बैठक अगाडि बढाएका थिए । एमाले सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गर्न थालेपछि मर्यादा पालकहरुले रोके । त्यसक्रममा एमालेका केही सांसदले बैठक हलको टेबल उचालेर फालेका थिए ।

त्यसका बाबजदु सभामुख अधिकारीले बैठक नरोकेपछि एमाले संसदहरु बैठक छाडेर बाहिरिए भने बहुमतले आर्थिक वर्ष २०७८÷७९ को बजेट पारित गरेको छ ।