निवर्तमान प्रधानमन्त्री लाई युवा संघको स्कर्टीङ

  • प्रकाशित मिति : July 14, 2021
  • sthaniyasarkar.com

काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सर्ने भएका छन्।

नेकपा(एमाले) संसदीय दलका नेता ओली तीन वर्ष चार महिना प्रधानमन्त्रीको कार्यकाल पुरा गरेर आज बालकोट निवास सर्न लागेका हुन्। २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली फागुन ६ गते बालुवाटार सरेका थिए।

ओलीलाई युवा संघ नेपाल करिब २ हजार गाडी र ३ हजार मोटरसाइकलसहित बालकोट निवासका लागि स्कर्टीङ गर्ने तयारी रहेको एमाले युवा संघका इञ्चार्ज तथा सांसद महेश बस्नेतले जानकारी दिए। उनले साढे १० बजे बालुवाटारमा भेला हुन आह्वान गरेका छन्। बस्नेतले भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दनसहित प्रस्थान गराउने कार्यक्रम रहेको बताए। ओलीको स्कर्टिङका लागि युवा संघ नेपाल र खेलकुद महासंघले तयारी गरेको छ।