नेकपा एमाले कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम

  • प्रकाशित मिति : July 30, 2021
  • sthaniyasarkar.com

काठमाडौ : साउन १५ अर्थात खिर खानेदिन, यहि पर्वको अवसरमा नेकपा एमाले आज खीर खुवाउने भएको छ । आज पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन । तामाङका अनुसार नेपाली किसानहरूले साउन १५ लाई खीर खाने दिनका रूपमा मनाउँदै आएको र त्यसैलाई निरन्तरता दिन एमालेले खीर खाने कार्यक्रम आयोजना गरेको जनाएका छन। साउन १५ गते शुक्रबार दिउँसो २ बजेदेखि ३ बजेसम्म सबै नेता तथा कार्यकर्तालाइ पार्टी कार्यालयमा आउन निम्ता पठाइएको तामाङले जानकारी दिए । नेपाली किसानहरूले असार १५ मा दही चिउरा खाएर रोपाई गर्ने गर्छन् भने रोपाई सकिएर फुर्सद हुने भएपछि साउन १५ मा खीर खाने प्रचलन रहेको छ