नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित, प्रधानमन्त्री ओलिको २ बजे देशवासीका नाममा सम्बोधन

  • प्रकाशित मिति : July 13, 2021
  • sthaniyasarkar.com

काठमाडौ : नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलि निकट स्थायी कमिटी बैठक स्थगित भएको छ। आज दिउँसो १ बजे बालुवाटारमा हुने भनिएको  स्थायी कमिटी बैठक स्थगित गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएकोले स्थायी कमिटी स्थगित गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले सञ्चार माध्यम लाइ जानकारी दिएका छन । प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्नुपर्ने कारणले स्थायी कमिटी स्थगित गरिएको छ, तामाङले जानकारी दिए ।