कोरोनालाइ जिते तर दुर्घटनामा हारे

  • प्रकाशित मिति : June 3, 2021
  • sthaniyasarkar.com

काठमाडौ : मकवानपुरमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान पौने ५ बजे हेटौडा उपमहानगरपालिका-११ नवलपुरमा दुर्घटना भएको हो।

बागमती प्रदेश ०१-००२५ च ३६३८ नम्बरको एम्बुलेन्सले पछाडिबाट ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा परी सर्लाहीको बागमती गाउँपालिका-४ का ६६ वर्षीय जितबहादुर थिङको मृत्यु भएको हो।

कोरोना निको भएर बिहीबार घर फर्किँदै गरेका थिङको दुर्घटनामा परी मृत्यु भएको हो । कोरोना संक्रमण भएपछि १४ दिनदेखि उनी चितवनको भरतपुर अस्पतालमा उपचार गर्न गएका थिए।

त्यस्तै दुर्घटनामा परि तीन जना घाइते भएका छन्।घाइतेको हेटौडाको अस्पतालमा उपचार भइरहेको छ,त्यसमध्ये दुइजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।