कैलालीमा दुर्घटना एकको मृत्यु

  • प्रकाशित मिति : May 12, 2021
  • sthaniyasarkar.com

काठमाडौं : कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

ना ४ ख ८९४० नम्बरको ट्रकले से ५ प २२९९ नम्बरको मोटरसाइकलाई मंगलबार बेलुका ठक्कर दिंदा मोटरसाइकल चालक कैलालीको गोदावरी नगरपालिका–९ बल्मीका ३५ वर्षीय मीनबहादुर ठकुल्लाको मृत्यु भएको हो ।ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।