कपिलवस्तुमा जिप दुर्घटना एकको मृत्यु

  • प्रकाशित मिति : July 2, 2021
  • sthaniyasarkar.com

काठमाडौ : कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित चप्परगाउँमा  स्कोरपियो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका निवासी विक्रम खनाल रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

वाणगंगा ८ चप्परगाउँमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १६ च ८०९८ नम्बरको स्कोरपियो दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार स्कोरपियोमा चारजना सवार रहेका थिए । दुर्घटनामा परेका अरुको स्वास्थ्य स्थिति सामान्य रहेको इलाका प्रहरी कार्यालय पिपराका इन्सपेक्टर दिनेश गुरुङले  जानकारी दिए ।