मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु

  • प्रकाशित मिति : May 31, 2021
  • sthaniyasarkar.com

काठमाडौ : झापाको दुधेमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा आइतबार राति ८ बजे एक जना युवकको मृत्यु भएको छ।

शिवगञ्जबाट दुधेतर्फ आउँदै गरेको मे१२प २३८४ नम्बरको मोटरसाइकल बजार सजावटका लागि राखिएका फूलसहितको गमलामा ठोक्किएको थियो।

इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठका अनुसार शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का ४० वर्षीय जीवनकुमार दर्नालको मृत्यु भएको हो। दर्नालको उपचारका लागि विर्तामोड लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।