भीमफेदीमा लोडर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

  • प्रकाशित मिति : May 13, 2021
  • sthaniyasarkar.com

काठमाडौ  : मकवानपुरको भीमफेदी गाउँपालिकामा लोडर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। हेटौंडा सिमेन्टको खानीबाट राजमार्गतर्फ जाने बाटो सम्याउने क्रममा दुर्घटना भएको थियो।

भीमफेदी गाउँपालिका-३, कैलाशडाँडा ऐनाभिरमा बाटो सम्याउँदै गरेको लोडर अनियन्त्रित भई करिब सय मिटर तल खसेर लोडरका चालक २५ वर्षीय राजेन्द्र घलानको मृत्यु भएको हो।

अनटेस्ट लोडर पल्टिएर चालकको मृत्यु भएको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिएका छन्‌।