मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

  • प्रकाशित मिति : May 18, 2021
  • sthaniyasarkar.com

­मोरङ  : मोरङको बुढीगंगा गाउँपालिका ३ गोकुवा चौक स्थित कोशी लोकमार्गमा मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान का ५० बर्षीय बाल कुमार बस्नेत रहेका छन् ।

सोमबार बेलुका पौने ८ बजे उत्तरबाट दक्षीण तर्फ जादै गरेको प्र १-०२-०४५ प ६०८७ नम्बरको मोटरसाईकलले ठक्कर दिई घाईते भएका बस्नेतको बिराट मेडिकल कलेज गंगा चौकमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको हो । सो

दुर्घटनामा मोटरसाईकल चालक सुनसरी ईटहरी ७ का २५ बर्षीय समराज्य चौधरी समेत घाईते भई सोही अस्पतालमा उपचार भईरहेको छ भने मोटरसाईकल ईलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा रहेको छ ।