कांग्रेसका २३ सांसद पार्टी विभाजनको पक्षमा : एमाले नेता महेश बस्नेत

  • प्रकाशित मिति : May 31, 2021
  • sthaniyasarkar.com

काठमाडौं : नेकपा एमालेका युवा नेता महेश बस्नेतले आफूहरुले चाहेको खण्डमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुबै दल फुटाउन सक्ने चुनौती दिएका छन् ।

सोमबार एमालेसम्वद्ध युवा संघ नेपालको भर्चुअल बैठकलाई सम्बोधन गर्दै बस्नेतले भने, ‘उहाँहरुको जस्तो हर्कत गर्ने हो भने हामी दुबै दललाई विभाजन गर्न सक्ने हैसियतमा छौं । यद्यपि यस्ता गतिविधि गर्दा अपहरण जस्ता आरोप लगाउँछन् ।’

नेता बस्नेतले कांग्रेसका २३ सांसद पार्टी विभाजनको पक्षमा रहेको दाबी गरेका छन । माओवादी केन्द्रका पनि २५/२६ सांसद प्रचण्डबाट पार लाग्दैन भन्ने निष्कर्षमा पुगेको उनले बताए ।