नया ब्यावसाय सुरु गरेको पाँच वर्षसम्म आयकरमा शतप्रतिशत छुट

  • प्रकाशित मिति : May 29, 2021
  • sthaniyasarkar.com

काठमाडौं : सरकारले स्टार्टअप व्यवसाय प्रर्वधनका लागि आयकर छुटको नीति लिएको छ । अब कुनै पनि स्टार्टअप व्यवसायले कारोबार सुरु गरेको पाँच वर्षसम्म आयकरमा शतप्रतिशत छुट पाउने उनले जानकारी दिए ।

यस्तै निजी क्षेत्रका उद्योग प्रतिष्ठानले बढीमा पाँच वटा स्टार्टअप व्यवसलाई प्रति वयवसाय बढीमा एक लाख रुपैयाँ बिउ पुँजी उपलब्ध गराए सो रकम करयोग्य आयमा कट्टी गर्न पाउने व्यवस्था पनि बजेटले गरेको छ ।