सरकारको कृषिमा प्रोत्साहन, बढ्यो अनुदान

  • प्रकाशित मिति : May 29, 2021
  • sthaniyasarkar.com

काठमाडौ : सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा कृषिको उत्पादन, वितरण र किसानलाई अनुदानका लागि बजेट वृद्धि गरेको छ। रसायिनक मलमा दिइने अनुदानमा गरी १२ अर्ब रुपैयाँ पुर्‍याइएको बताएका हुन् ।

यस्तै,सरकारले आगामी आर्थिक वर्षको कृषि क्षेत्रमा ४५ अर्ब बजेट विनियोजन गरेको छ ।सरकारले उखु उत्पादक किसानलाई उत्पादन परिमाणका आधारमा चिनी मिलमा उखु बिक्री गरेको १५ दिनभित्र अनुदान दिन ८४ करोड विनियोजन गरेको छ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)लाई ३ अर्ब बजेट विनियोजन गरिएको छ। बाँझो जमिनमा खेती गर्नका लागि निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गरिने अर्थमन्त्री पौडेलले बताए।