दार्चुला तुइन घटनाको छानवीन सुरू – गृहमन्त्रालय

  • प्रकाशित मिति : August 2, 2021
  • sthaniyasarkar.com

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा झरेर बेपत्ता भएका व्यक्तिको छानबिन समितिको प्रतिवेदन अनुसार सरकारले निर्णय लिने बताएका छन्।

राष्ट्रिय सभाको बैठकमा बोल्दै गृहमन्त्री खाँणले यस घटनाको सम्बन्धमा छानबिन समिति गठन भईसकेको र समितिको प्रतिवेदन आउनुअघि सरकारले आफ्नो कुनै सल्हा दिन नमिल्ने बताएका छन्। उहाले छानबिन समितिको प्रतिवेदनको आधारमा सरकारले जुनसुकै प्रकारको निर्णय लिन सक्ने र प्रतिवेदन प्राप्त गरेपछि मात्रै सरकारले आफ्नो धारणा सार्वजनिक गर्ने उनको भनाइ छ ।

छानबिनबाट घटनाको सत्यतथ्य प्रतिवेदन आइसकेपछि त्यो प्रतिवेदनमा उल्लेख भएका कुराहरुको लागि जुनसुकै अडान लिनपनि तयार रहेको कुरा व्यक्त गरेका छन्।

उनले साउन १५ गते शुक्रबारका दिन व्यास गाउँपालिका वडा नं. २ बसाई रहेको जयसिंह धामीको तुइन तर्ने क्रममा महाकाली नदीमा खसी बेपत्ता भएको घटना दुःखद र संवेदनशील रहेको बताए लगतै उनले सोही दिन गृहमन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट उक्त घटनाको वास्तविक सत्यतथ्य छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल गण ४४, प्रहरी नायब उपरिक्षक विजयसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक नरेन्द्र बहादुर चन्द, साथै राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रमसिंह ढााडसहित ३ जनाको टोलीले स्थलगत छानबिनका लागि घटनास्थलमा खटि रहेको कुरा खुलाएका छन्।साथै,जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढस्थित जिल्लाधिकारीलाई त्यस घटनाको सम्बन्धमा ध्यानाकर्षण गराउँदै पत्राचार गरेको पनि उनले खुलासा गरेका छन्।