सुशासनमा प्रधानमन्त्री देउवाको निर्णयले माफियाहरुको भागाभाग!!

  • प्रकाशित मिति : August 4, 2021
  • sthaniyasarkar.com

त्तकालीन प्रधानमन्त्री शेरबहादुर देउवा ज्यू ले सुशासनमा कडाई गर्नु भएको छ। मन्त्री तथा सरकारी कर्मचारीहरुको गतिविधिमा निगरानी राख्दै सुशासनमा केन्द्रीत भएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीका साथै सरकारी कमर्चारीबाट भएका सुशासन विपरीत गतिविधिहरुमा निगरानी बढाउँदै सच्याउन थालेका छन्।

त्यसैक्रममा प्रधानमन्त्री देउवाले कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी डा. जागेश्वर गौतमसहित चार जनाको सरुवा रोक्नु भएको छ।व्यापारिक पृष्ठभूमिका मन्त्री श्रेष्ठले आफ्नो अधिकार क्षेत्रभित्रै नपर्ने अधिकार प्रयोग गरेर गौतम सहितका चिकित्सकलाई सरुवा गराए पछि प्रधानमन्त्री देउवाले हस्तक्षेप गर्दै सरूवामा रोक लगाएका हुन् ।

प्रधानमन्त्री शेर बहादुर ज्यू निकट उच्च स्रोतका अनुसार जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्रीस्तरीय निर्णय स्थगित गर्न देउवाले निर्देशन दिएका छन्।

राज्यमन्त्री श्रेष्ठले डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा सरुवा गरेका थिए भने युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारीमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएका थिए भने स्वास्थ्य समन्वय महाशाखामा डा. विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा. रिता भण्डारीलाई पठाएका थिए।