गरिबी निवारण कोष खारेज गरिने

  • प्रकाशित मिति : May 29, 2021
  • sthaniyasarkar.com

काठमाडौं : सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने उनले बताए । यसका लागि आवश्यक बजेट छुट्याएको पनि अर्थमन्त्री पौडेलले जानकारी दिए ।