मदिरा र सुर्तीजन्य पदार्थको मूल्य वृद्धि हुने निश्चित

  • प्रकाशित मिति : May 29, 2021
  • sthaniyasarkar.com

काठमाडौ : सरकारले मदिरा, चुरोट, वाइन र हल्का पिय पदार्थको अन्त शुल्क बढाएको छ। हरेक वर्ष यी वस्तुमा बढाउने गरेको करलाई अहिले पनि निरन्तरता दिएको अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिए।

सरकारले मूल्य अभिवृद्धि करको दर यथावत राखेपनि भन्सार महसुल दर सामान्य परिवर्तन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्षको बजेट भाषणका क्रममा सो कुराको घोषणा गरेका हुन् ।

उनले मदिराजन्य वाइन, वियर तथा सुर्तिजन्य चुरोट लगायतका वस्तुको अन्तशुल्क वृद्धि गरेको घोषणा गरेका हुन् । यससँगै मदिरा र सुर्तीजन्य पदार्थको मूल्य वृद्धि हुने भएको छ ।