काठमाडौ : अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना संक्रमणका कारण निधन भएको छ । बिएण्डसीमा उपचार गराइरहेका खाम्याहाङको सोमबार दिउँसो निधन भएको हो।
कोरोना संक्रमण पुष्टि भई केही दिन होम आइसोलेसनमा बसेकोमा स्वास्थ्य अवस्था जटिल भएपछि वैशाख १७ गते उपचारार्थ बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थिए । बिएण्डसीमा उपचार गराइरहेका खाम्याहाङको सोमबार दिउँसो निधन भएको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताएका छन ।