कोरोना संक्रमणबाट एकै परिवारका तीनजनाको मृत्यु

  • प्रकाशित मिति : May 27, 2021
  • sthaniyasarkar.com

बुटवल : बुटवलमा कोरोना संक्रमणबाट एक हप्ताको अवधिमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा एकै परिवारका पाँच सदस्यमध्ये बाबु आमा र छोराको एक हप्ता अवधिमा मृत्यु भएको हो ।

वैैशाख अन्तिम साता उक्त परिवारका आमा र छोरामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणले३९ वर्षका छोराको, ५५ वर्षीया आमाको र ६९ वर्षीय बुबाको मृत्यु भएको हो।

जेठ ५ गते घरमै आमाको र जेठ ७ गते छोराको र जेठ १२ गते बुवाको युनिभर्सल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भयो ।

एक हप्तामा एकै परिवारका तीनजनाको मृत्युको घटनाले स्तब्ध बनाएको बुटवल उपमहानगरपालिका(१०) का वडाअध्यक्ष तथा मृतकका छिमेकी पदमबहादुर थापाले बताए ।