बाँकेमा  १० घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु

  • प्रकाशित मिति : May 19, 2021
  • sthaniyasarkar.com

काठमाडौं : पछिल्ला दिनमा कोरोनाको केन्द्र्बिन्दु बनेको बाँकेमा  १० घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, मंगलबार राति साढे आठ बजेदेखि बिहान साढे ६ बजेसम्ममा १५ जनाको मृत्यु भएको छ।

मृतक मध्ये सात जना बाँके र आठ जना बाहिरी जिल्लाका रहेका छन्। योसँगै बाँकेमा कोरानाबाट २ सय ५३ र अन्य जिल्लाबाट यहाँ उपचार गराउन आउँदा २ सय ९ जनाको मृत्यु भएको छ।