बाँकेमा थप १२ जनाको मृत्यु

  • प्रकाशित मिति : May 20, 2021
  • sthaniyasarkar.com

काठमाडौ : कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४  घण्टामा बाँकेका अस्पतालहरूमा थप १२ जनाको मृत्यु भएको छ।

संक्रमित बिरामीहरूको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा ११ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरी १२ जनाको मृत्यु भएको अस्पतालले जनाएका छन्। मृत्यु हुनेमा बाँकेका ६  बर्दियाका ४ जना तथा दाङ र कैलालीका १/१ जना छन्।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका २१५ जना र जिल्लाकै २५९ जनाको मृत्यु भईसकेको छ। जिल्लामा संक्रम्मण दर ओरोलो झर्दै गएको भएपनि मृत्युदरमा भने कमि आउन सकेको छैन।