रोकिएन बाँकेमा मृत्युदर

  • प्रकाशित मिति : May 21, 2021
  • sthaniyasarkar.com

काठमाडौ : बाँकेका कोरोना( कोभिड-१९) सङ्क्रमित भएका थप १२ जना गए राति उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा सात र  कोहलपुरस्थित शिक्षण अस्पतालमा पाँच गरि थप १२ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुने १२ जनामध्येमा सात बाँकेका रहेका छन् भने बाकी ५ जना जिल्ला बाहिरका रहेका छन। योसँगै बाँकेमा कोरोनाबाट दुई सय ६७ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा दुई सय २२ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए ।