राष्ट्र संघीय निकाय (युएन एजेन्सी) संग सहयोग प्रदेश २ का मुख्यमन्त्री

  • प्रकाशित मिति : May 17, 2021
  • sthaniyasarkar.com

काठमाडौ  : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन प्रदेशस्थित राष्ट्र संघीय निकाय (युएन एजेन्सी)हरूलाई अपिल गरेका छन्।

प्रदेश नीति तथा योजना आयोगको संयोजनमा मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न युएन एजेन्सीहरूसँगको छलफलमा मुख्यमन्त्री राउतले महामारी नियन्त्रणका लागि अतिआवश्यक देखिएको भेन्टिलेटर, अक्सिजन ग्यासको आपूर्ति, औषधि, जनशक्ति र भ्याक्सिन उपलब्ध गराइदिन अपिल गरेका छन।

छलफलमा समाजिक विकास मन्त्री नवल किशोर साह, मुख्यन्यायधिवक्ता दीपेन्द्र झा, नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा, युएनडिपीका धनबहादुर चन्द, युएनडिएसएसका जितेन्द्र जंग कार्की, डब्लुएचओका डा सुरेशकुमार शुक्ला, आइओएमका पंकजलाल सिह, युनिसेफका अशोक कुमार झा र युएनएफपिएका नरेन्द्र मिश्रको सहभागिता थियो।