बागमतीमा मुख्यमन्त्री शाक्यको पद धरापमा

  • प्रकाशित मिति : September 13, 2021
  • sthaniyasarkar.com

काठमाडौं : बागमती प्रदेशमा नेकपा (एकीकृत  समाजवादी)  पार्टीले समर्थन फिर्ता लिए सँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य   नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेकपा एमाले विभाजित भएसँगै एमालेमै रहेकी शाक्यलाइ दिएको समर्थन फिर्ता लिए सँगै शाक्य नेतृत्वको सरकार औपचारिक रूपमा अल्पमतमा परेको हो ।

प्रदेश सभा सचिवालयमा आइतबार बसेको एकीकृत समाजवादीको  पहिलो  बैठकले  शाक्य  नेतृत्वको सरकारलाई  समर्थन  नदिने  निर्णय  गरेको  हो । प्रदेश सभा  सचिवलाई  पठाइएको पत्रअनुसार निर्वाचन आयोगबाट संसदीय दलको मान्यता प्राप्त एकीकृत समाजवादीका  १३  जना  प्रदेश सभाका सदस्य रहेका छन ।

संसदीय  दलका  नेता राजेन्द्रप्रसाद  पाण्डेले  प्रदेश  सभा सचिवलाई सम्बोधन गर्दै पठाएको पत्रमा बागमती  प्रदेश  सरकारका  मुख्यमन्त्री  अष्टलक्ष्मी शाक्यको  नेतृत्वको  सरकारलाई  यस  दलको  समर्थन नभएको  जानकारी  गराउने  निर्णय  गरेको  हुँदा  आजैका मितिदेखि समर्थन नभएको जानकारी गराउन चाहन्छु भनी  उल्लेख छ।