काठमाडौ : प्रदेश दुई सरकारमा मन्त्रीपरिषद बिस्तार हुने भएको छ। नेपाली कांग्रेसलाई ३ र माओवादी केन्द्रलाई २ वटा मन्त्रालय दिने सहमतिमा मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन । थपिएका मन्त्रीको सपथ आज साँझ साढे ७ बजे हुने भएको छ ।
मुख्यमन्त्री कार्यालयका अनुसार नेपाली कांग्रेसको तर्फबाट कांग्रेस संसदीय दलका नेतासमेत रहेका प्रदेशसभा सदस्य रामसरोज यादवलाई भौतिक मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा सिँचाई र वीरेन्द्र सिंहलाई सञ्चार मन्त्रालय दिने सहमति भएको हो।
यस्तै माओवादी केन्द्रलाई दिने २ वटा मन्त्रालयको विषयमा भने टुंगो लागेको छैन । माओवादी केन्द्रबाट सरकारमा भरतप्रसाद साह र जगत यादव सहभागी हुँदैछन् भने मन्त्रालयको बिषयमा छलफल जारी रहेको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवलेसमेत कांग्रेस र माओवादीलाई आजै सहभागी गराई सपथ ग्रहण हुने जानकारी दिएका छन । यद्यपी प्रदेश प्रमुखको कार्यालयमा नयाँ मन्त्रीको सपथबारे पत्र पुगेको छैन।