प्रदेश २ मा माओवाद केन्द्र सरकारमा सहभागी हुने

  • प्रकाशित मिति : July 17, 2021
  • sthaniyasarkar.com

काठमाडौ : प्रदेश २ सरकारमा माओवादी केन्द्र सरकारमा सहभागी हुने भएको छ। माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन सत्तारुढ दलकै दुईजना मन्त्रीले राजीनामा दिएका छन् ।

राजिनामा दिनेमा आन्तिरक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोज कुमार कुशवहा रहेका छन । मुख्यमन्त्री राउतले आज राजीनामा स्वीकृत गरी माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।

माओवादीले एक मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी हुने माओवादी केन्द्रका प्रमुख सचेतक दिलिप साहले जानकारी दिए । उनका अनुसार दलका नेता भरत साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्ने निर्णय पनि भइसकेको छ । आज ३ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।