मोरङ : नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनको प्रथम प्रदेश अधिबेशन अन्तर्गत नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रदेश १ को सभापति पदका प्रत्याशी बन्ने भएका छन् ।
कांग्रेसको संस्थापन इतर समूहले घिमिरेलाई प्रदेश सभापतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश १ मा सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहबीच गठबन्धन बनेको छ ।
देउवा सिटौला गठबन्धनबाट झापा कांग्रेसका पूर्व सभापति सिटौला निकट उद्धव थापा प्रदेश सभापतिको प्रत्याशी बनेका छन् ।