नेकपा एमालेका ४ वरिष्ठ नेेतालाइ तीन दिने स्पष्टीकरण पत्र

  • प्रकाशित मिति : March 22, 2021
  • sthaniyasarkar.com

काठमाडौं । एमालेका वरिष्ठ नेता माधव नेपालसहित ४ जना नेतालाई एमालेले   सोधेको छ।एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधव नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई एमालेले स्पष्टीकरण सोधेको हो।

पार्टी कार्यालका कर्मचारी कुमार उप्रेतीले चारै नेताका घरमा स्पष्टीकरण पुर्‍याइएको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।

साथै स्वकीय सचिवहरूमार्फत् स्पष्टीकरण पत्र थमाइएको समेत बातएका छन् । पार्टी हितविपरीत किन गतिविधी गरेको भनेर तीन दिने स्पष्टीकरण सोधिएको महासचिव पोखरेल निकट स्रोतले जनाकारी दिएको छ ।

शनिबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहित चार जनालई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। बैठकमा ओली पक्षधर केन्द्रीय सदस्यहरू सहभागी थिए।

फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय सदस्य थपेको र विधान संशोधन गरेको भन्दै नेपाल समूह शनिबारको बैठकमा गएको थिएन।