एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, मूख्यमन्त्री शाही अल्पमतमा

  • प्रकाशित मिति : March 17, 2021
  • sthaniyasarkar.com

एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

बुधबार कर्णाली प्रदेशको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।एमाले संसदीय दलका नेता यामलाल कँडेलले आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाइएको जानकारी दिए।

कर्णाली प्रदेशसभामा अहिले माओवादी केन्द्रबाट १३ र एमालेबाट २० जना प्रदेशसभा सदस्य रहेका छन् । कांग्रेसबाट ६ जना र राप्रपाबाट एक जना प्रदेशसभा सदस्य रहेका छन् ।कर्णालीमा नेकपाबाट दुई जना सभामुख र उपसभामुख रहेका छन् । मुख्यमन्त्री शाहीलाई सरकार जोगाउनका लागि २१ जना सांसदको आवश्यकता पर्दछ।

तर, उनीसँग कांग्रेस र राप्रपाका १ गरी २० मात्रै हुन्छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मूख्यमन्त्री शाही अल्पमतमा परेका छन् ।