कर्णाली प्रदेशमा काङ्ग्रेसका लागि २ मन्त्रालय खालि

  • प्रकाशित मिति : May 24, 2021
  • sthaniyasarkar.com

सुर्खेत: कर्णालीमा नेपाली काँग्रेस सरकारमा जाने तयारीमा रहेको छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिएको काँग्रेसले एक महिनापछि सरकारमा जाने तयारीमा रहेको छ ।

आठवटा मन्त्रालयमध्ये अहिले दुई वटा मन्त्रालय रिक्त रहेका छन् । खाली रहेका सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा काँग्रेस सहभागी हुन लागेको हो ।

नेपाली काँग्रेसका प्रदेशसभामा मन्त्रीका लागि दिनबन्धु श्रेष्ठ र यज्ञबहादुर विसीको नाम मन्त्रीको चर्चामा रहेको छ । यता काँग्रेस संसदीय दलका नेता जिवनबहादुर शाहीले सरकारमा सहभागी हुने विषयमा मुख्यमन्त्रीसँग छलफल भइरहेको बताए । ‘सरकारमा सहभागीको विषयमा मुख्यमन्त्रीसँग छलफलमा बसेका छौ’ नेता शाहीले भने ।