नेकपा ओली समूहको संसदीय दलको बैठक आज बालुवाटारमा बस्दै

  • प्रकाशित मिति : March 6, 2021
  • sthaniyasarkar.com
प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको नेकपाको संसदीय दलको बैठक आज बस्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट सांसदहरूलाई दिउँसो ३ बजे संसदीय दलको बैठकमा उपस्थित हुन आह्वान गरेका हुन्। बैठक बालुवाटारमा बस्ने छ।

शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले संसदीय दलको बैठकबाट पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो। उक्त समूहले आफ्ना पक्षमा ११५ सांसद रहेको दाबी गरेको छ।

दुबै समूहले ससंदीय दलमा आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै आएका छन्।

नेकपा संसदीय दलका नेताको चयनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका सांसदको मत लिनुपर्छ। नेकपामा प्रतिनिधि सभामा १७२ (१ जना सभामुख र निधन भएका सांसदसहित १७४) सांसद छन् । राष्ट्रिय सभामा ४९ (अध्यक्षसहित ५०) सस्दय छन् ।