नेपाल ज्योति-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सरकार सञ्चालनका दुई वर्षको अवस्था हेर्दा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण रूपले असफल भएको निष्कर्ष निकालेका छन्।

सचिवालय बैठकमा पेस गरेको एकल राजनीतिक प्रस्तावमा दाहालले नेकपाले अघि सारेका घोषणापत्र र त्यसलाई व्यवहारतः कार्यान्वयन गर्न सरकार असफल भएको निष्कर्ष निकालेका हुन्।

‘प्रधानमन्त्रीले आरम्भमा नै राज्यका कतिपय निकायलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत आफ्नो अधीनमा ल्याएको, स्वतन्त्र न्यायपालिकाका प्रमुखलाई निवासमा बोलाएर संसद् भंग गर्ने, द्वन्द्वकालीन मुद्दालाई निहित उद्देश्यका लागि दुरुपयोग गर्नेसम्मको कार्यमा हिस्सेदार बनाउने प्रयास गर्नुभयो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विमति राख्नेहरूसँग प्रतिशोध साँध्न दुरुपयोग गर्न खोजिएको कुरा चर्चामा आयो,’ दाहालले भनेका छन्, ‘यसले नेपाली जनताले झण्डै दुई तिहाई मत दिएर बनेको सरकार कमजोर, अनुत्तरदायी र अयोग्य रहेको एवम् कानुनी शासनको मान्यताबाट विचलित हुन थालेको सन्देश जनतामा गएको छ।’

जनतामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राजनीतिक प्रणालीप्रति नै वितृष्णा उत्पन्न हुन सक्ने खतरा उत्पन्न भएको प्रस्तावमा दाहालले उल्लेख गरेका छन्।

Alza Fintrion

Leave a Reply

Your email address will not be published. Required fields are marked *