साउन १ बाट लामो दुरिको सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइने

  • प्रकाशित मिति : July 14, 2021
  • sthaniyasarkar.com

काठमाडौं : पछिल्लो समय थप गरिएको निषेधाज्ञा यहि असार ३१ गते सकिदैछ। निषेधाज्ञालाइ थप खुकुलो बनाउदै साउन १ देखि लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइने तयारी काठमाडौं उपत्यकाका तीन प्रशासन कार्यालय थालेका छन।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार लामो दूरीका सार्वजनिक सवारी सञ्चालन गर्न दिनेबारे छलफल गरिने बताए । उनले भने, ‘‘सर्वसाधारणको हकहितमा हामीले निरन्तर निषेधाज्ञा खुकुलो पार्दै आएका छौँ । यसपछिको निषेधाज्ञा थप खुकुलो पार्ने विषयमा छलफल चलिरहेको छ । सर्वसाधारण नागरिकले दुःख पाएका छन् । लामो दूरीका सार्वजनिक सवारी सञ्चालन नहुँदा विद्यार्थी, सर्वसाधारण मारमा परेका छन् । यसप्रति हाम्रो ध्यान गएको छ ।”

उनले अहिले नै निषेधाज्ञाको बारेमा थप भन्न नसकिने बताए । ‘‘हामीले छलफल गरिरहेका छौँ । विद्यालय, पार्टी प्यालेस, स्वीमिङ पुल, मठमन्दिर, सिनेमा हलको हकमा पहिलेकै नियम कायम राखिनेछ । यद्यपि, छलफल भइसकेको छैन,” उनले भने ।