काठमाडौ : काठमाडौं उपत्यका भित्र जोर/विजोर प्रणाली लागू गरी निजी सवारी सञ्चालन गर्न दिने तयारी भएको छ ।
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई खुकुलो पार्ने र सवारीसाधन चल्ने दिने तयारी थालेका हुन ।आगामी कार्ययोजना तयार गर्न आज साँझ ५ बजे तीनै जिल्लका सिडिओको बैठक राखिएको छ ।
निजी सवारी चलेपनि उपत्यकामा सार्वजनिक यातायात भने तत्काल नखोलिने भएको छ । त्यसैगरी अत्यावश्यक सामाग्री समेत खोल्न दिइने तयारी छ ।
गत हप्ता प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पनि स्मार्ट लकडाउन गर्ने र जोखिम नहुँदासम्म व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
आजको सिडिओहरुको बैठकले थप निर्णय गर्ने छन । बैशाख १६ गतेबाट सुरु भएको लकडाउनलाई असार सात गेते पछिपनि खुकुलो गर्दै कायमै राखिने प्रशासनको भनाई छ ।