उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा थप

  • प्रकाशित मिति : July 15, 2021
  • sthaniyasarkar.com

काठमाडौं : काठमाडौं उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । थपगरिएको निषेधाज्ञामा पसल खोल्ने समय भने एक घण्टा थप गरिएको छ ।

असार ३१ गतेसम्म सबैथरि व्यवसाय ६ बजेसम्म सञ्चालन हुँदै आइरहेकामा अब बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

म्याद थप भएको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै रहने भएको छ । विद्यालयहरुले पनि भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न पाउने छैनन् ।