स्मार्ट लकडाउनमा के के बार के के खुल्ने, हेर्नुस पुर्ण तालिका

  • प्रकाशित मिति : June 20, 2021
  • sthaniyasarkar.com

काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

आइतबार, मंगलबार र बिहिबार  सुन पसल, भाँडा भान्सा, विद्युतिय सामग्री, अटोमोबाइल शो रुम, मोटस पार्टस र इलेक्टोनिक्स सामग्री र कम्युटर पसल खोल्न पाइन्छ । सोमबार र बुधवार र शुक्रवार डिपार्टमेन्टल स्टोर, सपिङ मल खेलकुद सामग्री, कस्मेटिक साडी, गिफ्ट आइटम र कपडा पसल खोल्न दिने निर्णय गरिएको छ ।

‘बारअनुसार खुल्ने पसल बिहान ११ बजेबाट ४ बजेसम्म मात्र खोल्न पाइन्छ’ प्रजिअ निरौलाले भने– ‘किराना, खाद्यान्न र स्टेशनरी पसलको हकमा पुरानै निर्णय कायम गरिएको छ ।’ जेठ ३० गते स्थानीय प्रशासनले असार १ बाट लागू हुनेगरी किराना र स्टेशनरी पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय गरेको थियो । सो निर्णयमा हेरफेर गरिएको छैन ।