खुकुलो भएको उपत्यकाको निषेधाज्ञा

  • प्रकाशित मिति : June 14, 2021
  • sthaniyasarkar.com

काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण केही घटे पनि जोखिम कायमै रहेको भन्दै थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ। उपत्यकामा पछिल्लो पटक थपिएको निषेधाज्ञाका आज पहिलो दिन ।

के-के खुले

1: पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ ।

2: खाद्यान्न, तरकारी तथा फलफूलको पसल खोल्ने अवधि दुई घण्टा थपेर बिहान ११ बजेसम्म खोल्न पाइने छ । यसअघि खाद्यान्न पसल बिहान ९ बजेसम्म मात्रै खोल्न दिइन्थ्यो ।

3: हार्डवेयर पसल दिउँसो ४ बजेदेखि खुल्ने छ ।

4: कृषि कार्यका लागि अनुमति दिने ।

5: बचत तथा ऋण सहकारी संस्था खुलाउन पाइने ।

6: होटेलले टेक वे गरी सञ्चालन गर्न पाउने भएका छन् ।

* त्यसैगरी यसअघि तोकिएका सबै अत्यावसकीय काम गर्न पाइने छ भने अन्य कामका लागि निषेध जारी छ ।