अफगानिस्तान घटनाबारे बोल्यो सरकार

  • प्रकाशित मिति : August 17, 2021
  • sthaniyasarkar.com

काठमाडौँ – सरकारले अफगानिस्तानमा बिकसित भइरहेको घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ, अफगानिस्तानमा तत्काल शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न पनि नेपाल सरकारले बिज्ञप्ति मार्फत आग्रह गरेको छ । सार्क अध्यक्ष समेत रहेको नेपालले कान्छो सदस्य मुलुकमा भइरहेको यो घटनालाई गम्भीर रुपमा लिँदै त्यस घटनालाई नजिकबाट नियालि रहेको जनाएको हो।

घटना भएको झण्डै एकसाता पछि अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमबारे नेपाल सरकारको आफ्नो धारणा सार्वजनिक गरेको हो ।

नेपालल सरकारले अफगानिस्तान छाड्न चाहने मानिसहरुलाई सुरक्षित रुपमा सडक र हवाईमार्ग द्वारा सीमापार गर्न दिन पनि आग्रह गरेको छ । हिजो देखिनै नेपाली नागरिकहरु पनि धमाधम सम्पर्कमा आइरहेपछि सरकाले यस्ता धारणा प्रस्तुत गरेको हो । सरकारले अफगानिस्तानमा मानवता, सम्पत्तिको रक्षा, शान्ति र अमनचयन कायम गर्न पनि अपिल गरेको छ ।

सार्क सदस्य राष्ट्रको हैसियतमा नेपालले अफगानिस्तानमा शान्ति र स्थिरता कायम भएको देख्न चाहेको भन्दै सार्क राष्ट्रहरुले सहकार्य भूमिका निर्वाह गर्दै त्यहँको संकट समाधान गर्नु पर्नेमा जोड दिएको छ ।