महिलाको घाँटी रेटेर हत्या

  • प्रकाशित मिति : May 19, 2021
  • sthaniyasarkar.com

विराटनगर : मोरङको रंगेली नगरपालिका–३ मा एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ । रङ्गेली नगरपालिका–३ की २४ वर्षीया अनिता यादवको धारिलो हतियार प्रयोगगरी घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

हत्या आरोपमा प्रहरीले मृतकका श्रीमान बेचन यादवसहित  मृतकका ससुरा, सासु र देवरलाई नियन्त्रणमा लिएर अनुसन्धानअगाडि बढाएको मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले बताए ।

एसपी खड्काले भने, ‘परिवारको चार सदस्यमाथि हामीले अनुसन्धान थालेका छौं । कसले र के कारणले हत्या गर्‍यो भन्ने कुरा अनुसन्धानपछि मात्र भन्न सकिन्छ ।’

बुधबार बिहान तिलुवा चोक नजिकैको नहरमा घरदेखि करिब ढेड किलोमिटर दक्षिणमा अनिताको शव फेला परेको हो । पानी नभएको सुख्खा नहरमा शव भेटिएको प्रहरीले जनाएको छ ।