मोरङमा सोमबारदेखि जिल्लाभर निषेधाज्ञा हुने

  • प्रकाशित मिति : May 2, 2021
  • sthaniyasarkar.com

मोरङ : कोरोना महामारीले विकराल रुप लिँदै जाँदा देशभरका अधिकांश जिल्लाले निषेधाज्ञा जारी गरेका छन् । गृह मन्त्रालयका अनुसार २३ वटा जिल्लामा  पूर्ण र ७ जिल्लामा  आंशिक निषेधाज्ञा जारी भएको छ।

निषेधाज्ञा घोषणा गरिएकामध्ये २१ जिल्लामा शनिबारसम्म निषेधाज्ञा लागू भइसकेको छ भने ९ जिल्लामा आइतबारदेखि लागू हुनेछ।  मोरङ, दार्चुला, बर्दिया, बाग्लुङ, काभ्रे, गोरखा र बाजुरामा भने संक्रमितहरु बढी भएको क्षेत्रमा( आंशिक ) निषेधाज्ञा लागू गरिएको छ।

यसैक्रममा कोरोनाको बड्दो जोखिमलाइ मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले भने भोलि सोमबारदेखि जिल्लाभर नै निषेधाज्ञा लागू गर्ने गृह मन्त्रालयले जानकारी दिएको छ।