मोरङको लेटाङमा एक युवकको हत्या

  • प्रकाशित मिति : May 15, 2021
  • sthaniyasarkar.com

मोरङ : मोरङको लेटाङमा एक युवकको हत्या भएको छ । शुक्रबार राति लेटाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको हत्या भएको हो ।हत्या आरोपमा प्रहरीले लेटाङ–३ कै १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूलाई पक्राउ गरेको छ ।

पेटमा छुरा प्रहार भएपछि राई गम्भीर घाइते बनेका थिए । उपचारका लागि विराटनगरको विराट नर्सिङ होम ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

काम गरेको पैसा माग्ने विषयमा विवाद हुँदा घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।<span;>हत्या आरोपमा पक्राउ परेको दुई युवक मृतक राईका कामदार हुन् । राई लेटाङमा पुल हाउस सहित ढुवानीको व्यावसाय गर्दै आएका थिए। राईको हत्या आरोपी दर्जी र लिम्बू मृतककै ट्याक्टरका मजदुर हुन् ।