लुम्बिनी प्रदेशमा अविश्वास प्रस्ताव सिजन टु रिलिज

  • प्रकाशित मिति : May 9, 2021
  • sthaniyasarkar.com

काठमाडौ : प्रदेश सभा अधिवेशन अन्त्य गरेर वैशाख १९ मा दोस्रो पटक मुख्यमन्त्रीको सपथ ग्रहण गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री विरूद्ध फेरि अविश्वास प्रस्ताव दर्ता भएको छ।

तत्कालीन समयमा नेकपा एमालेका ४१ जनाको प्रस्तावसहित पोखरेल मुख्यमन्त्री नियुक्त भएका थिए। पोखरेललाई मुख्यमन्त्रीका लागि गरिएको प्रस्तावमा हस्ताक्षर गरेका एमालेका दुई जना सांसदले अहिले राजीनामा दिएका छन् भने एकजनाले माओवादी केन्द्र रोजेका छन्।

कडा सुरक्षाबिच मुख्यमन्त्रीको सपथग्रहण गरेका पोखरेलविरूद्ध आइतबार पुन:प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको छ। अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८, जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका एक गरी ४० जना सांसदले हस्ताक्षर गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।