प्रतिपक्षको विरोधपछि आधा घण्टा लुम्बिनी प्रदेशसभाकाे बैठक स्थगित

दाङ । लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनअन्तर्गत चौधौँ बैठक आधा घण्टाका लागि स्थगित भएको छ। बैठक सुरु भएलगत्तै प्रतिपक्षमा रहेका दलहरूले उठेर बजेटप्रति विमति जनाएका थिए। बजेट सच्याइनुपर्ने माग राख्दै माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारुले बैठक स्थगित गर्न माग गरेका थिए। उठेर विरोध जारी राखेपछि सभामुख तुलाराम घर्ती मगरले राजनीतिक समझदारीका लागि आधा घण्टाका […]
किसानको साथमा लुम्बिनी प्रदेश सरकार

लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले बालिवस्तु विशेष सघन व्यवसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम र लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रममार्फत भैँसी र बाख्रा पालन गर्ने कृषकहरुलाई सघाउँदै आएको छ । प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत जिल्लामा विभिन्न समूह सहकारीमा कार्यक्रम कार्यान्वयन गरिरहेको छ । सोहि अभियानअन्तर्गत मुसिकोट नगरपालिका–१ थामको रङनाममा दुध सङ्कलन केन्द्र […]
प्रदेशको कुल बजेट दुई खर्ब ८७ अर्ब, बागमतीको ६७ अर्ब

काठमाडौँ । प्रतिपक्षीको विरोध र आन्तरिक किचलोबिच प्रदेश सरकारहरूले आइतबार आगामी आर्थिक वर्ष २०८२/८३ को आय तथा राजस्वको अनुमान अर्थात् बजेट सार्वजनिक गरेका छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार प्रत्येक वर्ष असारको १ गतेभित्र प्रदेश सरकारले बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान अनुसार प्रदेश सरकारहरूले आआफ्नो प्रदेश सभामा नयाँ बजेट प्रस्तुत गरेका हुन् । प्रतिपक्षीको विरोधका […]
लुम्बिनी प्रदेश सरकारको बजेट आज

गुल्मी। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आज आइतबार बजेट प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको तेह्रौँ बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ । उक्त बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए […]