मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको परिक्षा प्रधानमन्त्री संगै बैशाख २७ मा

  • प्रकाशित मिति : May 6, 2021
  • sthaniyasarkar.com

काठमाडौ : गण्डकी प्रदेश सरकारविरुद्ध विपक्षी दलहरुले ल्याएको अविश्वास प्रस्तावमा वैशाख २७ गते मतदान हुने भएको छ।प्रदेश सभा संचालनका विषयमा छलफल गर्न बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले उक्त निर्णय गरेको हो।

यसअघि बेशाख १५ गते अविश्वास प्रस्ताव मतदानमा लैजाने कार्यसूची थियो।संसद अधिवेसनमा जनमोर्चा सांसद खिमविक्रम शाही सम्पर्कविहिन भएपछि उक्त दलका सचेतक पियारी थापाले आफ्ना सांसद हराएको भन्दै सदन स्थगन गरेर जीवन रक्षाको माग राखेकी थिइन्।

‘संसद बैठक कहिले बोलाउने भन्ने विषयमा दलहरुबीच विवाद थियो’, कांग्रेस सांसद कुमार खड्काले भने, ‘२७ गते बैठक बोलाउने सर्वसम्मत निर्णय भयो।’उनकाअनुसार त्यही दिन अविश्वास प्रस्ताव मतदानमा लैजाने समेत निर्णय भएको छ।