काठमाडौ : गण्डकी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकार ढलेको छ।
आज प्रदेश सभामा मुख्यमन्त्री गुरूङले विश्वासको मतको प्रस्ताव राखेका थिए। उक्त प्रस्तावको मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित थिए भने ५७ जनाले मतदान गरेका थिए।
मुख्यमन्त्री गुरूङको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत आएको छ। मुख्यमन्त्री गुरूङलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले भोट दिएका थिएनन्। १ जना जनमोर्चाका सांसद भने तटस्थ बसेका थिए । त्यस्तै स्वतन्त्र सांसद तथा खेलकूद मन्त्री राजिव गुरूङ उपस्थित भएनन्।