गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले बारा र पर्साका तीन व्यापारिक फर्मविरुद्ध गर्याे मुद्दा दायर

  • प्रकाशित मिति : April 5, 2021
  • sthaniyasarkar.com

पर्सा : गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले बारा र पर्साका तीन व्यापारिक फर्मविरुद्ध नापतौल कसुर सम्बन्धी मुद्दा दायर गरेको छ।

कार्यालयले राजश्व चुहावट गरेको, कम तौल तथा अनुमतिभन्दा बढी नापतौल यन्त्र प्रयोग गरेकाले बारा र पर्साका तीन फर्मविरुद्धनापतौल कसुर सम्बन्धी मुद्दा दायर गरेको हो। मुद्दा दायर भएका व्यापारिक फर्ममा पर्साका जगदम्बा डिस्टिब्युटर प्रालि, बाराका हरिओम आयल स्टोर र हुलास स्टिल इन्डष्ट्रिज रहेका छन्।

मुद्दा दायर गरिएका फर्ममध्ये जगदम्बा डिस्टिब्युटर प्रालिले राजश्व चुहावट गरेको, हरिओम आयाल स्टोरले उपभोक्तालाई घटी तेल बिक्री गरेको र हुलास स्टिलले अनुमतिपत्र भन्दा बढी नापतौल यन्त्र प्रयोग गरेकाले उनीहरूलाई बारा र पर्सा जिल्ला अदालतमा हदैसम्मको सजायको माग गर्दै मुद्दा दायर गरिएको कार्यालयका प्रमुख शशीभुषण यादवले जानकारी दिए।

उपभोक्ता ठग्ने ती व्यापारिक फर्मलाई स्टेण्डर नापतौल ऐन–२०५५ को दफा ३० ९२० अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको छ। जसअन्तर्गत एक वर्ष कैद र रु १० हजार जरिवाना गरी कारवाही गर्नुपर्ने माग दाबीसहित मुद्दा दायर गरेको सो कार्यालयले जनाएको छ।