विश्वभर काेराेनाकाे दोस्रो लहर सुरू : भक्तपुरमा जिल्ला प्रशासनले गर्‍यो यस्तो निर्णय….!

  • प्रकाशित मिति : March 25, 2021
  • sthaniyasarkar.com

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लामा कुनै पनि किसिमको मेला, जात्रा, सांस्कृतिक कार्य सञ्चालन गर्न रोक लगाएको छ।

पत्रकार सम्मेलनको आयोजना गरी प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कोरोना भाइरस संक्रमणको  दोस्रो लहरको जोखिम बढेकाले जिल्लामा कुनै पनि किसिमको मेला, जात्रा, सांस्कृतिक कार्य नगर्न र नगराउन अनुरोध गरेका हुन्।

गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयको निर्देशनानुसार जिल्लामा कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न र कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न भिडभाड हुने कुनै किसिमको कार्य नगर्न नगराउन अनुरोध गर्दै स्वीकृतविना यस्ता काम गरेको पाइए कारवाही गरिने उनले बताए।

भक्तपुरमा नयाँ वर्षमा मनाइने प्रसिद्घ बिस्केट जात्रा सञ्चालनमा भने वैकल्पिक उपाय खोजिने उनले बताए। प्रशासनले नजिकिँदै गरेको होली पर्वसमेत भिडभाड नहुने गरी आफ्नै घरमा बसेर मनाउन आग्रह गरेको छ। भीडभाड हुने सरकारी कार्यालयमा भोलिदेखि नै स्वास्थ्य मापदण्ड र सुरक्षाका उपाय अपनाएर मात्रै सेवा दिन निर्देशन दिए छ ।