गुल्मीमा गए रातिदेखि एक साताका लागि निषेधाज्ञा लागु

  • प्रकाशित मिति : May 2, 2021
  • sthaniyasarkar.com

काठमाडौं : गुल्मीमा गए रातिदेखि एक साताका लागि निषेधाज्ञा लागू भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को निर्णयअनुसार वैशाख २५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामग्रीका पसलहरु बिहान ७ देखि ९ बजेसम्म खुला हुने छन् । बैंक वित्तीय संस्था तथा होटलहरु दिउँसो १० देखि १२ बजेसम्म खुलाउन पाइने छ । अस्पताल र औषधि पसल २४ सैं घण्टा खुला रहनेछन् ।